spot_img

वीरगन्ज नाकाबाट सवारी आयात ३१ अर्ब नाघ्यो

spot_img
spot_img

बीरगन्ज,१७ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात उल्लेख्य रूपमा बढेको छ। बीरगन्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा मात्र ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन आयात बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व संकलन भएको उनले बताए।

त्यसैगरी, ‘अन एसेम्बल्ड’ मोटरसाइकलको आयात पनि उल्लेख्य रहेको छ। सो अवधिमा मात्रै ५१ हजारभन्दा बढी मोटरसाइकल आयात भएका छन्, जसबाट अर्बौं रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

गत वर्षको तुलनामा सवारीसाधन आयात र राजस्व दुवै बढेकाले आयात–निर्यात गतिविधि विस्तार हुँदै गएको संकेत देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय