काठमाडौं,२५ वैशाख । निर्वाचन आयोग ले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले गरेको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनमा सहभागी ५७ राजनीतिक दलमध्ये ५५ दलले आफ्नो खर्च विवरण बुझाएका छन्।
तर, दुई राजनीतिक दलले भने हालसम्म पनि खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ। आयोगको सूचीअनुसार स्वाभिमान पार्टी तथा एकल चुनाव चिह्न भएका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी ले आवश्यक विवरण नबुझाएका हुन्।
निर्वाचन आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन दलहरूलाई समयमै विवरण पेश गर्न निर्देशन दिँदै आएको छ। निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाअनुसार दलहरूले निर्वाचनमा भएको आम्दानी तथा खर्चको विवरण आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ।




