spot_img

मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सरकारमा नआएको प्रधानमन्त्रीको भनाइ

spot_img
spot_img

काठमाडौँ,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन हालसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नआएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई ले प्रतिवेदन कहिले कार्यान्वयन हुने भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन्।

उनका अनुसार आयोगले तयार पारेको भनिएको प्रतिवेदन औपचारिक रूपमा सरकारलाई प्राप्त भएको छैन। “प्रधानमन्त्री कार्यालयमा आधिकारिक रूपमा आएको छैन, आएपछि सार्वजनिक गरिनेछ,” उनले भने।

यसअघि जेनजी आन्दोलनसम्बन्धी घटनाबारे छानबिन प्रतिवेदन तयार भएको चर्चा भइरहेका बेला प्रधानमन्त्रीको यो भनाइ आएको हो। सरकारले प्रतिवेदन प्राप्त भएपछि त्यसलाई सार्वजनिक गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने स्पष्ट संकेत दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय