सर्लाही–३ मा नरेन्द्र साहको घरदैलो अभियान सुरु

spot_img

सर्लाही,१५ माघ । प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र साहले सर्लाही क्षेत्र नं. ३ का प्रत्येक वडामा जनसम्पर्क तथा घरदैलो अभियान सुरु गरेका छन् । अभियानको उद्देश्य स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षा प्रत्यक्ष सुन्नु तथा समाधानका लागि साझा योजना बनाउने रहेको उनले बताए ।

“जनताको भरोसा नै मेरो शक्ति हो। सकारात्मक सोच र अडिग प्रतिबद्धतासहित सर्लाही–३ को विकासका लागि म पूर्ण रूपमा समर्पित छु,” साहले भने। उनले शिक्षा, रोजगारी, कृषि, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै सर्लाही–३ लाई विकासको नयाँ मोडमा लैजाने लक्ष्य व्यक्त गरे ।

स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै न्याय, पारदर्शिता र इमानदार नेतृत्व स्थापना गर्ने अभियानलाई जनताले सकारात्मक रूपमा लिएको टोलीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय