spot_img

सर्लाही–४: गगन र अमरेशबीच मुख्य प्रतिस्पर्धा

spot_img
spot_img

काठमाडौँ,१५ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ क्षेत्र अहिले गगन थापा र अमरेश सिंहका कारण चर्चित बनेको छ। नेपाली कांग्रेसका सभापति गगन र रास्वपा प्रवेश गरेका अमरेश दुवै यहाँका हेभिवेट उम्मेदवार बनेका छन्, जसका छायामा अन्य उम्मेदवार ओझेलमा परेका छन्।

जनता समाजवादी पार्टी, नेपालका रामेश्वर राय यादव पनि यहाँ उम्मेदवार भए तापनि चर्चा कम भएको स्थानीय मतदाताले बताएका छन्। यादव समुदायको मत बलियो भएकाले रामेश्वरको संगठन बलिया भए तापनि उनलाई गगन–अमरेशसँग प्रतिस्पर्धा कठिन हुने देखिन्छ।

सर्लाही–४ मा हालसम्म १३ जना विभिन्न दलका र २६ जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन्। यहाँको राजनीतिक परिदृश्यमा गगन र अमरेश दुवैलाई जित्ने दाबीका साथ अघि बढेको देखिन्छ, जबकि अन्य उम्मेदवारको प्रभाव सीमित छ।

स्थानीय मतदाताले भने, “चर्चा जसको भए पनि चुनाव जित्ने क्षमता मेरो छ,” रामेश्वरले भने। अमरेशले पनि आफ्नो जित निश्चित भएको दाबी गरेका छन् भने गगनप्रति मतदाताको व्यापक समर्थन देखिएका कारण उनी मुख्य प्रतिद्वन्द्वीका रूपमा उभिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय