spot_img

आजको लोकतान्त्रिक अधिकार शहीदको बलिदानबाट प्राप्त भएको हो : अध्यक्ष ओली

spot_img
spot_img

काठमाडौं,१६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपालमा प्राप्त लोकतान्त्रिक अधिकार १९९७ सालका शहीदहरूको बलिदानको परिणाम भएको बताएका छन्।

शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले निरंकुश र जहानियाँ शासनको अन्त्य गर्दै लोकतान्त्रिक अधिकार स्थापना गर्ने आन्दोलनको बीउ शहीदहरूले रोपेको उल्लेख गरेका छन्। उनले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गरेका छन्।

अध्यक्ष ओलीका अनुसार उक्त निरंकुश शासनको अन्त्यमा कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको थियो। “निरंकुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलन कम्युनिस्ट र कांग्रेसको संयुक्त प्रयासको उपज हो,” उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

उनले शहीद दिवस केवल क्यालेन्डरको एउटा मिति मात्र नभई स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने सम्झनाको दिन भएको बताए। साथै, शहीदहरूको बलिदानलाई कहिल्यै नबिर्सने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको संरक्षणमा सदा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय