spot_img

बेलायतको चीनसँगको बढ्दो सहकार्य खतरनाक हुनसक्छ : राष्ट्रपति ट्रम्प

spot_img
spot_img

काठमाडाैं,१६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग बढाउँदै लगेको सहकार्य र सम्झौता “धेरै खतरनाक” हुनसक्ने चेतावनी दिएका छन्। बेलायती प्रधानमन्त्री केयर स्टारमर चीनको तीनदिने औपचारिक भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

प्रधानमन्त्री स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तापछि ट्रम्पको टिप्पणी सार्वजनिक भएको हो। बेलायत र चीनबीच व्यापार तथा लगानी विस्तार गर्ने उद्देश्यसहित भएका सम्झौताहरूलाई लिएर ट्रम्पले चिन्ता व्यक्त गरेका छन्। प्रथम महिला मेलानिया ट्रम्पमाथि आधारित वृत्तचित्रको प्रिमियरका क्रममा सञ्चारकर्मीले बेलायत–चीन व्यापार सम्बन्धबारे प्रश्न गर्दा ट्रम्पले भने, “यो उनीहरूका लागि धेरै खतरनाक छ।”

यसअघि, राष्ट्रपति सी जिनपिङसँगको भेटपछि प्रधानमन्त्री स्टारमरले बेलायत र चीनबीचको सम्बन्ध “राम्रो र बलियो अवस्थामा” रहेको बताएका थिए। उनले उक्त भेटवार्तालाई “धेरै सकारात्मक” भन्दै अपेक्षित स्तरको संवाद भएको उल्लेख गरेका छन्। बेलायत–चीन सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउने प्रयास भइरहेका बेला आएको ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा चासो बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय