परवानीपुर–५ मा जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img

वीरगन्ज,१६ माघ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरीमा जनता समाजवादी पार्टी नेपालले आज अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आगामी निर्वाचन लक्षित गर्दै आयोजित भेलामा पार्टी संगठन सुदृढीकरण र उम्मेदवारको जित सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।

भेलामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै सोनलले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकासमा जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

भेलामा वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह र क्षेत्रीय अध्यक्ष सिताराम लगाउतले बारा निर्वाचन क्षेत्र नं. ४ बाट छाता छापका उम्मेदवार सन्जु साहलाई विजयी बनाउन अगुवा कार्यकर्ताहरू सक्रिय र एकताबद्ध भएर लाग्न आह्वान गरे। उनीहरूले घरदैलो, जनसम्पर्क र संगठन विस्तारमार्फत जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मोहन पटेल, वडा अध्यक्ष रामेश्वर साह लगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता र अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले आगामी दिनमा चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने निर्णय समेत गरेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय