सर्लाही-४ बाट सबभन्दा बढि मतान्तरले बिजयी हुने सिंहको उदघाेस

spot_img

सर्लाही,१६ माघ । रास्वपाका प्रभावशाली नेता तथा सर्लाही–४ का उम्मेदवार डा. अमरेशकुमार सिंहले यसपटकको निर्वाचनमा जीवनकै सबैभन्दा बढि मतान्तरले जित्ने दाबी गरेका छन्। निर्वाचन प्रचारप्रसारका क्रममा मिडियासँगको कुराकानीमा उनले आफ्नो जित निश्चित रहेको बताए।

सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग प्रतिस्पर्धा भइरहे पनि आत्मविश्वास व्यक्त गर्दै, “अहिलेसम्म जिन्दगीमा मैले जति मतान्तरले चुनाव जित्दै आएको थिएँ, त्यो भन्दा यसपटक जीवनकै सबैभन्दा बढी मतान्तरले जित्नेमा म विश्वस्त छु,” भने।

उनले यसपटक रास्वपाले देशभर १६० सिट जित्ने दाबीसमेत गरे। मधेस प्रदेशमा ३२ सिटमध्ये रास्वपाले एक्लै २० सिट जित्ने र समानुपातिक मतमा पनि रास्वपा पहिलो दल बन्ने उनले ठोकुवा गरे। सिंहले भने, “अहिले मधेशी समुदायको लागि सत्ता परिवर्तनको समय हो। त्यसैले यस निर्वाचनमा रास्वपाले ठूलो जनसमर्थन पाउनेछ।”

spot_img

ताजा अपडेट

लोकप्रिय