spot_img

रसुवामा घरभित्र लुकाइएका साढे ३६ लाख बराबरका भेपसहित ८ जना पक्राउ

spot_img
spot_img

काठमाडौं,०७ जेठ । रसुवामा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) सहित ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–१ दाहलफेदीस्थित एक घरमा गरिएको चेकजाँचका क्रममा कोठाभित्र प्लास्टिकका बोरामा लुकाइएका ६ वटा कार्टुन भेप फेला परेको हो।

बरामद गरिएको उक्त भेपको बजार मूल्य करिब ३६ लाख ७५ हजार रुपैयाँ बराबर रहेको र कुल १ हजार २२५ थान रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा रसुवा, धादिङ, बाजुरा, नुवाकोट र ओखलढुङ्गा स्थायी ठेगाना भएका विभिन्न उमेर समूहका ८ जना रहेका छन्।

प्रहरीले घरभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको भेपसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय