spot_img

विपक्षीको अवरोधबीच सभामुखद्वारा संसद् कारबाही अघि बढाइयो

spot_img
spot_img

काठमाडौँ,०७ जेठ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको तीव्र अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले संसदीय कारबाही अघि बढाएका छन्।

पहिलो बैठकमा विपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर दोस्रो चरणमा पनि अवरोध कायमै रहेपछि सभामुखले विपक्षीको नाराबाजी र विरोधका बीच कार्यसूची अगाडि बढाएका हुन्।

यस क्रममा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठ्दै रोस्टमसम्म पुगेका थिए। तर विरोधका बीच पनि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन्।

हाल संसद् भवनभित्र नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरू रोस्टम नजिकै नाराबाजी गरिरहेका छन्, जसका कारण बैठक तनावपूर्ण बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय