spot_img

ट्याक्टरको ठक्करबाट बाबुछोरीको मृत्यु

spot_img
spot_img

काठमाडाै,०५ असार ।  झापाको कनकाई नगरपालिका–५ तुलसीवारीमा शुक्रबार भएको सवारी दुर्घटनामा बाबुछोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली र उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका दुवैलाई तत्काल उपचारका लागि कन्काई अस्पताल, सुरुङ्गा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते भएकी छन्। उनको कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय