spot_img

देशको सुरक्षाका लागि अनुशासन आवश्यक जरुरी छ : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडाैं,२० माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाद्वारा विद्यार्थीका लागि सञ्चालन गरिएको राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो योगदान गरेको बताएकी छन्।

मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित सेनाको मध्य तालिम शिक्षालयमा दिक्षित विद्यार्थीको समारोहमा सम्बोधन गर्दै उनले तालिमले अनुशासन, सेवा भाव र देशप्रेम जस्ता गुण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। उनले भने, “देशको सुरक्षाका लागि अनुशासन अत्यन्त जरुरी छ। राष्ट्रिय सेवा दलले विद्यार्थीलाई दिने तालिमले विपद् र सुरक्षा चुनौतीमा देशभक्त विद्यार्थी तयार पार्छ।”

सो अवसरमा देशभरीका १८ विद्यालयका ५३० विद्यार्थीले एक सय दिनको तालिम पूरा गरी दिक्षान्त समारोहमा भाग लिएका थिए। नेपाली सेनाले तालिममार्फत राष्ट्रप्रेम, विपतमा सक्रियता, शारीरिक फिटनेस र अनुशासन सिकाउँदै आएको छ।

प्रधानमन्त्री कार्कीले कार्यक्रममा उत्कृष्ट विद्यार्थी र सेनाका प्रतिनिधिलाई शिल्ड, दर्ज्यानी चिन्ह तथा प्रमाणपत्र वितरण गरिन्। समारोहपछि हेलिकप्टरमार्फत हात्तिखोरबाट काठमाडौं फर्किएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय