पोखरीया–३ मा कांग्रेस उम्मेदवार रिजालको घरदैलो, स्थानीयको उल्लेख्य सहभागिता

spot_img

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका हुन्।

घरदैलोका क्रममा विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधार सुधारका विषयमा स्थानीयसँग छलफल गरिएको थियो। कार्यक्रममा पोखरीया नगरपालिकाका पूर्वमेयर, वडा अध्यक्षसहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक उपस्थिति देखिएको आयोजक पक्षले जनाएको छ। उम्मेदवार रिजालले लोकतन्त्रको सुदृढीकरण, समावेशी विकास र जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसको पक्षमा समर्थन गर्न आग्रह गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय