spot_img

चितवनमा अनुमति प्राप्त ११ हतियार मात्र प्रशासनलाई फिर्ता

spot_img
spot_img

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हतियार बुझाउन आह्वान गरे पनि हालसम्म ११ वटा हतियार मात्रै प्रशासनलाई फिर्ता गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जिल्लामा कुल १४१ जनाले हतियार राख्न अनुमति लिएका छन्। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन माघ ६ गते सूचना जारी गर्दै १५ दिनभित्र हतियार बुझाउन आग्रह गरिएको थियो। तर निर्धारित समयावधि सकिँदासमेत सबै हतियार फिर्ता नआएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार केही हतियार जिल्ला बाहिर राखिएको वा अन्य जिल्लामा बुझाइएको हुन सक्ने भएकाले त्यससम्बन्धी विवरण आउने क्रम जारी छ। बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रयोगमा रहेका हतियार भने फिर्ता गर्नुपर्ने व्यवस्था नरहेको उनले बताए।

अन्य अनुमति प्राप्त हतियार निर्वाचन अवधिभर प्रशासनलाई बुझाई निर्वाचन सम्पन्न भएपछि पुनः फिर्ता लिन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय