spot_img

पर्सा–४ मा कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान जारी

spot_img
spot_img

बीरगन्ज,२५ माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी गतिविधि बढ्दै गएको छ। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिराभवानी गाउँपालिका–१ का विभिन्न बस्तीमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग भेटघाट गरेका छन्।

घरदैलो अभियानअन्तर्गत रिजालले महादेवपट्टी शान्तिनगर पिपरा, भवानीपुर पकडी टोल, जगतिया र बलुवाका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र गुनासा सुनेका थिए। स्थानीयवासीहरूले टीका, माला र खादा लगाएर उम्मेदवार रिजालको स्वागत गरेका थिए।

भेटघाटका क्रममा स्थानीयले विकास निर्माण, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीका क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए। रिजालले जनताका अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेस नयाँ एजेन्डा र स्पष्ट दृष्टिकोणसहित अघि बढ्ने दाबी गरेका छन्।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, बृहस्पति कृष्णलाल श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, नवीन सिंह, नेपाली कांग्रेसका वडा सभापति शेख ग्यासुदिन, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, युवा नेता सन्तोष चौरसिया लगायत पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय