भारतमा सोसल मिडियालाई तीन घण्टाभित्र गैरकानुनी सामग्री हटाउन आदेश

spot_img

काठमाडौं,२८ माघ । भारत सरकारले सोसल मिडिया प्लेटफर्महरूका लागि गैरकानुनी सामग्री हटाउने समयसीमा घटाएर तीन घण्टा बनाएको छ। अब सम्बन्धित निकायबाट नोटिस प्राप्त भएको तीन घण्टाभित्र त्यस्ता सामग्री प्लेटफर्मबाट हटाउनुपर्ने व्यवस्था गरिएको हो।

समाचार संस्था रोयटर्सका अनुसार भारतको सूचना–प्रविधि (आईटी) नियममा गरिएको संशोधनसँगै यो नयाँ प्रावधान लागू हुन लागेको हो। संशोधित नियम आगामी फेब्रुअरी २० देखि कार्यान्वयनमा आउने बताइएको छ।

यसअघि गैरकानुनी ठहर गरिएका सामग्री हटाउन ३६ घण्टासम्मको समय दिइने व्यवस्था थियो। समयसीमा घटेर तीन घण्टा बनेपछि मेटा, युट्युब र एक्स (पूर्व ट्विटर) जस्ता ठूला प्रविधि कम्पनीहरूलाई पालना गर्न चुनौती हुन सक्ने अनुमान गरिएको छ।

एक्सजस्ता केही कम्पनीहरूले यसअघि नै सामग्री हटाउने आदेशसम्बन्धी प्रक्रियालाई अदालतमा चुनौती दिएका छन्।

भारतको आईटी नियमअनुसार सरकारलाई राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा यौन अपराधसँग सम्बन्धित सामग्री गैरकानुनी ठहर गर्दै हटाउन निर्देशन दिने अधिकार छ।

पछिल्ला वर्षहरूमा सार्वजनिक गरिएका पारदर्शिता प्रतिवेदनहरूका आधारमा भारत सरकारले सामाजिक सञ्जालमा रहेका सामग्री हटाउन हजारौँ आदेश जारी गरिसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय