सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

spot_img

काठमाडौं,२८ माघ । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ, जुन मंगलबारको तुलनामा एक हजार एकसय रुपैयाँले वृद्धि हो। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार पाँच सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार २९० रुपैयाँ पुगेको छ, जुन मंगलबारको ५ हजार २४० रुपैयाँभन्दा ५० रुपैयाँले बढेको महासङ्घले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय