spot_img

फागुन २ भित्र कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक हुने

spot_img
spot_img

काठमाडौँ,२८ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन २ गतेभित्र आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार कांग्रेसले फागुन १ गते नै सार्वजनिक गर्ने लक्ष्य राखेको भए पनि ढिलोमा फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि सबै राजनीतिक दललाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। कांग्रेसले यसपटक परम्परागत घोषणापत्रको सट्टा ‘प्रतिज्ञापत्र’ नामबाट आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने बताएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय