काठमाडौं,२८ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि फागुन १२ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ४५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यसैगरी ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरू तथा २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
आईपीओमा फागुन १५ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

