spot_img

जसपा नेपालले फागुन १ मा घोषणापत्र सार्वजनिक गर्ने

spot_img
spot_img

काठमाडौँ,२९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र फागुन १ गते सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीले आफ्नो नीति, कार्यक्रम र एजेन्डाहरूलाई अन्तिम रूप दिँदै घोषणापत्र तयार पारेको जानकारी दिएको छ। आगामी शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादव विशेष कार्यक्रममार्फत यो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच घोषणापत्र सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहेको छ। यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्ना चुनावी एजेन्डा मतदातासम्म पुर्याइसकेका छन्।

जसपा नेपालको घोषणापत्रले संघीयताको सुदृढीकरण, पहिचान र अधिकार, मधेस तथा उत्पीडित समुदायका मागहरूलाई प्राथमिकतामा राखेको छ। यसले आर्थिक समृद्धि, सुशासन र संविधान संशोधन जस्ता विषयमा पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। निर्वाचन आचारसंहिता लागू भइरहेको र चुनावी गतिविधि बढिरहेको परिस्थितिमा, जसपा नेपालको घोषणापत्रले आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय