सरकारले सात महिनामा ६ खर्ब ६४ अर्ब राजस्व सङ्कलन

spot_img

काठमाडौँ,०१ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार माघ २९ गतेसम्म यो सङ्कलन भएको हो।

गत वर्षको सोही अवधिको तुलनामा यो ३.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षमा माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। हालसम्मको प्रगति सरकारको लक्ष्य ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँमा तुलना गर्दा ८१.६१ प्रतिशत मात्रै पुगेको छ। यसले राजस्व सङ्कलनमा सुधार भए पनि लक्ष्य र वास्तविक प्रगति बीच ठूलो खाडल देखाएको छ।

१. भन्सार महसुल

भन्सार महसुलको लक्ष्य १ खर्ब ७० अर्ब ५० करोड राखिएको थियो, तर माघ मसान्तसम्म १ खर्ब ३५ अर्ब ३२ करोड मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ७९.३७ प्रतिशत हो।
गत वर्षको सोही अवधिमा १ खर्ब २५ अर्ब ८५ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको थियो, जसको तुलना गर्दा यस वर्ष ७.५३ प्रतिशत वृद्धि देखिएको छ। पैठारीमा ७.४४% र निकासीमा २०४.९३% वृद्धि भएको मन्त्रालयले जनाएको छ।

२. मूल्य अभिवृद्धि कर (भ्याट)

भ्याट सङ्कलनमा ७.६३ प्रतिशत वृद्धि भएको छ। लक्ष्य २ खर्ब १७ अर्ब २१ करोड राखिएकोमा १ खर्ब ९६ अर्ब मात्रै सङ्कलन भएको छ।
गत वर्ष सोही अवधिमा १ खर्ब ८२ अर्ब ६० करोड सङ्कलन भएको थियो। उत्पादन, बिक्री र सेवामा ७.८०% र पैठारीमा ७.४२% वृद्धि भएको छ।

३. अन्तःशुल्क

अन्तःशुल्क सङ्कलनमा दोहोर अंकको वृद्धि देखिएको छ। गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब ९ करोड थियो, यस वर्ष १ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ।
सरकारले लक्ष्य राखेको १ खर्ब १५ अर्ब १४ करोड ७७ लाखको ८९.५% प्रगति भएको हो। आन्तरिक उत्पादनमा १०.०५% र पैठारीमा १३.१४% वृद्धि भएको छ।

४. आयकर र गैर-कर राजस्वमा गिरावट

आयकरमा ०.८१% कमी देखिएको छ। गत वर्ष १ खर्ब ५९ अर्ब ९६ करोड थियो, यस वर्ष १ खर्ब ५४ अर्ब ६६ करोड मात्रै सङ्कलन भएको छ। लक्ष्य २ खर्ब २० अर्ब ७ करोड ५४ लाख थियो।

गैर-कर राजस्वमा पनि १५.८१% कमी आएको छ। गत वर्ष ७७ अर्ब २१ करोड ३ लाख थियो, यस वर्ष ६५ अर्ब ९ करोड ३ लाख मात्र सङ्कलन भएको छ।

५. शिक्षा सेवा शुल्क र अन्य साना शीर्षक

यसमा ६१.०७% वृद्धि देखिएको छ। गत वर्ष २ अर्ब १४ करोड थियो, यस वर्ष ३ अर्ब ४४ करोड ७५ लाख पुगेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय