काठमाडौँ,०२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बङ्गलादेश सरकार र त्यहाँका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले बङ्गलादेश नेशनलिस्ट पार्टीलाई ऐतिहासिक विजयतर्फ नेतृत्व गरेको भन्दै तारिक रहमानलाई समेत बधाई दिएकी छन्।
प्रधानमन्त्री कार्कीले नेपाल र बङ्गलादेशबीचको मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

