काठमाडौं,०३ फागुन । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार आज सुन प्रतिदस ग्राम २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य भने सामान्य घटबढसहित कायम भएको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ तोकिएको छ, जबकि शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार २ सय ७४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

