दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

spot_img

काठमाडौं,०३ फागुन । आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत आफ््नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन जोडेको हो ।

सुरुवाती १०.४ ओभरमा मात्र ४६ रन जोड्दा ५ महत्वपूर्ण विकेट गुमाएर संकटमा परेको नेपाली इनिङ्सलाई दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको उत्कृष्ट साझेदारीले उकासेको थियो। दीपेन्द्रले सर्वाधिक ५८ रनको अर्धशतकीय योगदान दिए। उनले ४७ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे।

आठौँ नम्बरमा आएका सोमपाल कामीले मात्र १५ बलमा ४ चौका प्रहार गर्दै २६ रनमा अविजित रहे।

नेपालले निकै खराब सुरुवात गरेको थियो। पावरप्ले भित्रै मुख्य ब्याटरहरू गुमाएको थियो । सुरुवाती ब्याटरहरू कुशल भुर्तेल १ रन, आसिफ शेख ११ रन र कप्तान रोहित पौडेल ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। त्यसपछि आएका लोकेश बमले १३ रन, आसिफ शेखले ११ रन र गुलसन झाले ११ रन बनाए ।

वेस्ट इन्डिजका अनुभवी बलर जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिँदै नेपाली ब्याटिङ लाइनअपलाई दबाबमा राखे। साथै म्याथ्यु फोर्डले ४ ओभरमा १ मेडन ओभर सहित मात्र १० रन दिएर १ विकेट लिए।

‘सी’ मा अघिल्ला दुई खेल इंग्ल्याण्ड र इटालीसँग पराजित भइसकेको नेपालका लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ। सुपर ८ को सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय