आईसीसी टी–२० विश्वकप : प्रारम्भिक झट्कापछि भारत सम्हालिने प्रयासमा

spot_img

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी रहेको छ। कोलम्बोमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले सुरुआतमै विकेट गुमाएपछि इनिङ्स सम्हाल्ने प्रयास गरिरहेको छ।

भारतले पहिलो ओभरमै ओपनर अभिषेक शर्मालाई गुमाएको थियो। उनलाई सलमान आगाले आउट गराएका हुन्, जसमा शाहीन शाह अफ्रिदीले क्याच लिएका थिए। चार बल सामना गरेका अभिषेकले रन बनाउन सकेनन्।

ताजा अवस्थासम्म पाँच ओभरको खेल सकिँदा भारतले एक विकेट गुमाएर ४१ रन बनाएको छ र टोली अहिले स्थिर साझेदारी बनाउने प्रयासमा देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय