सुनकाे मूल्य तोलामा ३ हजार घट्यो

spot_img

काठमाडाै,०४ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ उल्लेखनीय रूपमा घटेको छ। आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने उल्टै ३ हजार रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। आइतबार भने सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

दैनिक रूपमा मूल्यमा उतारचढाव भइरहेकाले लगानीकर्ता र उपभोक्ताले बजारको प्रवृत्ति विश्लेषण गरेर मात्रै खरिद–बिक्री गर्न व्यवसायीहरूले सुझाव दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय