spot_img

सरकार भत्किँदै विकास कार्य अवरुद्ध : ओली

spot_img
spot_img

काठमाडौं,०४ फागुन । केपी शर्मा ओलीले चुनावी घरदैलो कार्यक्रमका क्रममा विकासका काम अघि बढाउन खोज्दा सरकार पटक–पटक भत्काइएको भन्दै आलोचना गरेका छन्। उनले भने, “रेल सेवा पुनः सञ्चालन गर्ने र पानीजहाजमार्फत सम्बन्ध विस्तार गर्ने योजना अघि बढाइरहेका बेला सरकार ढालियो। फेरि काम सुरु गर्दा पुनः सरकार भत्काइयो। यसरी एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्‍यो।”

ओलीले देशको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा विभिन्न शक्तिहरूले अवरोध सिर्जना गरेको आरोप पनि लगाए।

यसैगरी भ्यु टावरको विषयमा उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले उक्त संरचना केवल अवलोकन टावर नभई बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे। उनले भने, “यसलाई आइटी उद्योग र लगानी भित्र्याउने उद्देश्यसहित आइटी हबका रूपमा विकास गर्ने सोचका साथ अघि बढाइएको हो।” ओलीको यो अभिव्यक्तिले आगामी निर्वाचन र विकास योजनामा पार्टीको दृष्टिकोण र प्राथमिकताहरूलाई प्रष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय