spot_img

सुपर खुदी हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

spot_img
spot_img

काठमाडौं,०५ फागुन । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले आफ्नो १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकिएको छ।

दोस्रो चरणअन्तर्गत बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म दिन सकिने जनाएको छ।

कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। उत्पादन अनुमतिपत्र अझै २७ वर्ष ५ महिना बाँकी रहेको बताइएको छ। साधारण रूपमा लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष तथा छुटदरमा १३.४२ वर्ष अनुमान गरिएको छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्दछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय