spot_img

इरानसँगको आणविक वार्तामा ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने ट्रम्पको भनाइ

spot_img
spot_img

काठमाडाैं,०५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको जेनेभामा हुन लागेको अमेरिका–इरान आणविक वार्तामा आफू ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने बताएका छन्। एअर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले वार्तालाई महत्वपूर्ण बताउँदै यसपटक इरान सम्झौताप्रति गम्भीर देखिएको संकेत दिएका छन्।

ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच दोस्रो चरणको आणविक वार्ता आज जेनेभामा हुँदैछ। इरानको विदेश मन्त्रालयले यसअघि अमेरिकी अडान अब यथार्थपरक दिशातर्फ अघि बढिरहेको प्रतिक्रिया दिएको जनाइएको छ।

ट्रम्पले सम्झौता हुन नसके त्यसका परिणाम गम्भीर हुन सक्ने उल्लेख गर्दै वार्ताबाट सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरेका छन्। पछिल्ला हप्ताहरूमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, अमेरिकी विमानवाहक यूएसएस अब्राहम लिङ्कन इरान नजिकै रहेको उपग्रह तस्वीरमार्फत पुष्टि भएको बताइएको छ, जसलाई वार्ताको सन्दर्भमा क्षेत्रीय सुरक्षा अवस्थासँग जोडेर हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय