काठमाडौं,०६ फागुन । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको मूल्य बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ ।
हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलामा ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

