पर्सा–३ का उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी काे हुन ?

spot_img

बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नं ३ मा नेपाली कांग्रेसले पुनः सुरेन्द्रप्रसाद चौधरीलाई मैदानमा उतारेको छ । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत सोही क्षेत्रबाट लडेका थिए । उनी दोस्रो बनेका थिए । सो वर्ष क्षेत्र नं ३ नेकपा एमालेले जितेको थियो ।
एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मत सहित विजयी हुँदा कांग्रेसका चौधरीले २४ हजार १५२ मत पाएका थिए ।

गत निर्वाचनलाई उनलाई तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सहयोग गरेका थिए । यहाँ झिनो मतान्तरले नतिजा आएको थियो । ६८ वर्षिय चौधरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी पर्सा पटेर्वा सुगौली गाउँपालिका थपरैयाका स्थानीय हुन् ।

लामो राजनीतिक अनुभवका वावजुत साधारण जीवनशैलीले उनी धेरैलाई प्रभावित बनाउने क्षमता राख्छन् । चारपटक सांसद बनेका उनी दुईपटक मन्त्री समेत बनेका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस पर्सा ३ मा सबैभन्दा अगाडी थियो । त्यसका आधारमा उनी स्वभाविक बलियो दावेदारका रुपमा रहेका छन् ।

अनुभवी राजनीतिज्ञ चौधरी नेपाली कांग्रेसका केन्द्रिय समस्य समेत हुन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले २०४८ सालदेखि नै यस क्षेत्रमा बलियो पकड राख्दै आएका छन् । उनी २०४८ सालयताका सबै निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका छन् । पर्साको क्षेत्र न. ३ थारु बाहुल्य क्षेत्र भएकाले समेत उनलाई यस क्षेत्रमा मूख्य प्रतिस्पर्धी मानिन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय