पर्सा–३ का उम्मेदवार मालतीकुमारी कुशवाहा काे हुन ?

spot_img

बीरगन्ज,१० फागुन । जनमत पार्टीले पर्सा क्षेत्र–३ बाट यस पटक मालतीकुमारी कुशवाहा लाई उम्मेदवार बनाएको छ। ५३ वर्षिय कुशवाहा हालसम्म लोसपा मा केन्द्रिय सदस्यको भूमिकामा रहिसकेकी छिन् र केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी हुन्।

उनी एलएलसी सम्मको शिक्षा प्राप्त गरेकी छन् र सामाजिक सेवा, महिला सशक्तिकरण र राजनीतिक संगठनमा अनुभव छ। वर्षौंदेखि स्थानीय शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक, खानेपानी र रोजगारीका विषयमा समुदायसँग नजिक रहँदै काम गरेकी उनी पर्सा–३ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएकी छिन्।

उनी आफ्नो चुनावी एजेन्डामा मधेसको समग्र विकास, युवाको रोजगारी र उद्यमशीलता, महिला सुदृढिकरणलाई प्राथमिकता बनाएकी छिन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय