spot_img

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_img
spot_img

काठमाडौं,११ फागुन । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

जारी शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ अंकित दर) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय