spot_img

बारा–३ का उम्मेदवार राजेन्द्रप्रसाद जैसवार काे हुन ?

spot_img
spot_img

बारा,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा राजेन्द्रप्रसाद जैसवारलाई अघि सारेको छ।

जैसवारको जन्म वि.सं. २०४६ साल कार्तिक ५ गते बाराको कलैया उपमहानगरपालिका–१४, पथरियामा भएको हो। उनी बाबु बिगा राउत कुर्मी र आमा दुखियादेवी कुर्मीका सन्तान हुन्। स्नातक तहसम्म अध्ययन गरेका जैसवारले औपचारिक शिक्षासँगै राजनीतिक चेतनालाई पनि निरन्तर अगाडि बढाएका छन्।

वि.सं. २०६६ सालदेखि तत्कालीन राप्रपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जैसवार हाल राप्रपाका केन्द्रीय सदस्य तथा बारा जिल्ला उपाध्यक्षको जिम्मेवारीमा छन्। पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जिल्लास्तरीय राजनीतिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।

२०७४ सालको निर्वाचनमा उनले पहिलोपटक बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका थिए। यसपटक उनी सोही क्षेत्रबाट दोस्रोपटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय