spot_img

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

spot_img
spot_img

काठमाडौं,१२ फागुन । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंका हकमा बन्दीप्रत्यक्षीकरण (ह्याबियस कर्पस) आदेश जारी गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गतसाता सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थुनालाई गैरकानुनी ठहर गरेको हो।

अदालतको आदेशसँगै प्रसाईंको रिहाइको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय