मदिरा नीतिसम्बन्धी मुद्दामा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई अदालतबाट सफाइ

spot_img

नयाँदिल्ली,१५ फागुन । मदिरा नीतिसम्बन्धी कथित घोटाला प्रकरणमा अरविन्द केजरीवालमनीष सिसोदियालाई दिल्लीस्थित राउज एभेन्यू अदालतले सफाइ दिएको छ।

यो मुद्दामा यसअघि केजरीवाल पक्राउ परेर जेल बसेका थिए। उनी १३ जुलाई २०२४ मा जेलबाट रिहा भएका थिए। सोही दिन भारतको सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धानसम्बन्धी अर्को मुद्दामा पनि उनलाई जमानत दिएको थियो।

मदिरा नीति प्रकरणमा केजरीवालविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) र केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) दुवैले मुद्दा दर्ता गरेका थिए। ईडीले उनलाई २१ मार्च २०२४ मा पक्राउ गरेको थियो भने २६ जुनमा सीबीआईले जेलभित्रैबाट हिरासतमा लिएको थियो।

ईडीसम्बन्धी मुद्दामा १२ जुलाईमा सर्वोच्च अदालतबाट जमानत पाएपछि उनी रिहा भएका थिए। पछिल्लो निर्णयसँगै मदिरा नीतिसम्बन्धी यस बहुचर्चित प्रकरणमा केजरीवाल र सिसोदियालाई कानुनी रूपमा ठूलो राहत मिलेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय