महोत्तरी–२ का उम्मेदवार लक्ष्मणकुमार यादव काे हुन ?

spot_img

महोत्तरी,१५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार हुन् लक्ष्मणकुमार यादव । २०३८ साल भदौ १० गते महोत्तरी जिल्लामा जन्मिएका यादव हाल महोत्तरीकै भँगाहा नगरपालिका, संग्रामपुरका स्थायी बासिन्दा हुन् ।

यादवले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । उनको प्राविधिक र प्रशासनिक अनुभव पनि निकै विस्तृत छ । उनले सिभिल इन्जिनियरिङ क्षेत्रका विभिन्न निर्माण कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विशेषगरी पुलको लोड परीक्षण, पाइल लोड परीक्षण जस्ता जटिल प्राविधिक कार्यहरूमा उनको अनुभव रहेको छ ।

यसका साथै उनले समाजशास्त्र कार्यालयसँग सम्बन्धित निर्माण कार्य र सिभिल ल्याब परीक्षणमा समेत आफ्नो दक्षता प्रदर्शन गरिसकेका छन् । यादव २०६५ सालको मधेश आन्दोलनमा घाइते भएका थिए । आन्दोलनको त्यो त्याग र आफ्नो उच्च शैक्षिक तथा प्राविधिक योग्यतालाई अब राष्ट्र निर्माणमा जोड्न चाहेको उनले बताएका छन् ।

उनी प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर आफ्नो निर्वाचन क्षेत्र महोत्तरी-२ को चौतर्फी विकासका साथै समग्र देशको समुन्नतिका लागि क्षमता र अनुभव प्रयोग गर्ने दृढ संकल्पका साथ चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय