spot_img

वीरगंज ६ र ९ मा मनोज चौधरीको घरदैलो, शिक्षा–स्वास्थ्य र पूर्वाधार विकासमा जोड

spot_img
spot_img

वीरगंज, १५ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले शुक्रबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्। उनले वीरगंज महानगरपालिका वडा नं. ६ र ९ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलो कार्यक्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार चौधरीले स्थानीय समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अधिकांश समस्या आधारभूत आवश्यकतासँग सम्बन्धित रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सिँचाइ तथा सडक पूर्वाधार विकासमा सरकारले पर्याप्त लगानी गर्नुपर्ने बताए।

आफू निर्वाचित भएमा क्षेत्रवासीका समस्या समाधानका लागि ठोस पहल गर्ने र विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो।

घरदैलो कार्यक्रममा पार्टीका नेता बृजलाल पासवान, दुर्गा क्षेत्री, पप्पु मियाँ, विनयलाल गुप्ता, रमेश चौधरी, जयशंकर यादवलगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय