spot_img

कतार एयरवेजका सबै उडान अस्थायी रूपमा स्थगित

spot_img
spot_img

काठमाडौँ,१६ फागुन । कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि कतार एयरवेज ले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू स्थगित गरेको छ।

कतार एयरवेजले दैनिक तीन वटा दोहा–काठमाडौं उडान सञ्चालन गर्दै आएको थियो। यसबाहेक नेपाल वायुसेवा निगमहिमालय एयरलायन्स ले पनि दोहाका लागि उडान गर्दै आएका छन्।

इजरायलअमेरिका द्वारा इरान मा गरिएको आक्रमणको प्रभावपछि कतारले आफ्नो आकाश बन्द गर्ने निर्णय गरेको जनाइएको छ।

कतार एयरवेजले यात्रु तथा कर्मचारीको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको उल्लेख गर्दै उत्पन्न असुविधाप्रति क्षमायाचना गरेको छ। यात्रुहरूलाई थप जानकारीका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, मोबाइल एप तथा सामाजिक सञ्जाल ‘एक्स’मार्फत अद्यावधिक सूचना लिन आग्रह गरिएको छ।

यसैबीच, हमाद इन्टरनेसनल एयरपोर्ट ले पनि हवाई क्षेत्र बन्द भएसँगै सबै प्रकारका विमान आवागमन पूर्ण रूपमा स्थगित गरिएको पुष्टि गरेको छ। विमानस्थल प्रशासनले जारी गरेको वक्तव्यमा यात्रु तथा कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरिएको छ।

प्रभावित यात्रुको व्यवस्थापनका लागि सरकारी निकाय तथा सम्बन्धित एयरलाइन्ससँग समन्वय भइरहेको जनाइएको छ। हवाई क्षेत्र पुनः सञ्चालनमा आएपछि मात्र उडान सेवा पुनः सुरु गरिने बताइएको छ। यात्रुहरूलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित एयरलाइन्ससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय