spot_img

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

spot_img
spot_img

काठमाडाैं,१८ फागुन । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’

लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन् । अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्।’

उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फर्स्ट’ को नारा ‘इजरायल फर्स्ट’ मा रूपान्तरण गरेको आरोप लगाएका छन् । ट्रम्पले इजरायलको शक्तिको भोकका लागि अमेरिकी सैनिकहरूलाई बलि दिएको समेत उनले बनाएका छन्। दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै भनेका छन्, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय