वीरगञ्जमा पर्सा–१ र २ को मतगणनाबारे सर्वदलीय बैठक बस्दै

spot_img

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना व्यवस्थापन र प्रक्रिया तय गर्नका लागि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक बस्दैछ।

बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निर्वाचन अधिकृत तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहने बताइएको छ। बैठकमा मतगणनाको समय, स्थान, सुरक्षा व्यवस्था तथा अन्य आवश्यक व्यवस्थापनबारे छलफल हुने निर्वाचन कार्यालयले जनाएको छ।

बैठकपछि मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय