सर्लाही–४ मा रास्वपाका अमरेश अग्रस्थानमा, कांग्रेस सभापति थापा पछि

spot_img

सर्लाही,२२ फागुन । प्रतिनिधिसभा निर्वाचनको हटस्पट मानिएको सर्लाही जिल्ला क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा रहेका छन्।

प्रारम्भिक मतपरिणामअनुसार अमरेशले १ हजार २३९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गगन कुमार थापा (नेपाली कांग्रेस) ले ७६८ मत पाएका छन्।

अन्य उम्मेदवारहरूको मतसंख्या यस प्रकार छ: राकेश मिश्र (जनमत) २५० मत, अमनिश कुमार यादव (एमाले) १९९ मत, डा. रजनिश राय (नेकपा) १८ मत, र रामेश्वर राय यादव २ मत।

मतगणना बिहान १० बजेबाट सुरु भएको हो र पहिलोपटक औपचारिक प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ। हाल गोडैताको श्री वेणी भोला नमूना माध्यमिक विद्यालय मा मतगणना जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय