पर्सा–२ मा शुसिल साह कानुको अग्रता कायम, मतगणना जारी

spot_img

बीरगन्ज, २२ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्ला क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा शुसिल साह कानु (रास्वपा) अग्रस्थानमा रहेका छन्। प्रारम्भिक मतपरिणाम अनुसार यस क्षेत्रमा प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ।

पछिल्लो मतगणना अनुसार शुसिल साह कानुले ३,७०९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, रिमा यादव (एमाले) ले १,७८७ मत पाएकी छन्। अजयकुमार चौरसिया (नेपाली कांग्रेस) ले १,५५४ मत प्राप्त गरेका छन्।

मतगणना केन्द्रका स्रोतका अनुसार विभिन्न मतदान केन्द्रबाट आएको मत क्रमशः गणना हुँदैछ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने निर्वाचन अधिकृतको कार्यालयले प्रक्रिया पारदर्शी रूपमा सञ्चालन भइरहेको जनाएको छ।

निर्वाचन अधिकृतका अनुसार मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ। विभिन्न राजनीतिक दलका प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थितिमा मतगणना भइरहेको छ।

यादयोग्य छ कि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका अजयकुमार चौरसियाले २८,४५१ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी, सुरेन्द्रप्रसाद कुर्मी (जनता समाजवादी पार्टी, नेपाल) ले २२,४४५ मत पाएका थिए।

यसपटकको निर्वाचनमा नयाँ र पुराना दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक मतपरिणामले पर्सा–२ को राजनीतिक समीकरणमा परिवर्तन आउन सक्ने संकेत दिएको विश्लेषकहरू बताउँछन्। मतगणना जारी रहेकाले अन्तिम परिणामले कसले बाजी मार्ने भन्ने चासो बढेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय