काठमाडौं,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार प्रेमकृष्ण महर्जन ले १ हजार ५२१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ले १ हजार १३६ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै ललितपुर–२ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ।

