जनकपुर,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू उल्लेखनीय मतान्तरसहित अग्रस्थानमा देखिएका छन्।
निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट पछिल्लो परिणाम अनुसार सर्लाही–४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा छन्। उनले ११ हजार ३८३ मत प्राप्त गर्दा नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले ६ हजार ९५२ मत प्राप्त गरेका छन्। यसअनुसार सिंहले थापालाई ४ हजार ४३१ मतले पछाडि पारेका छन्।
त्यसैगरी सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह कलवार २० हजार २७८ मत सहित अग्रस्थानमा छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी का नारायणकाजी श्रेष्ठ ले ६ हजार ७४२ मत का साथ पछ्याइरहेका छन्।
सर्लाही–२ मा रास्वपाका रबिन महतो २८ हजार ९९१ मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी का महिन्द्रराय यादव ले ६ हजार ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै सर्लाही–१ मा रास्वपाकी उम्मेदवार नितिमा भण्डारी (कार्की) २४ हजार १८६ मत सहित अग्रस्थानमा छिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेस का शम्भुलाल श्रेष्ठ ले ३ हजार ६३४ मत तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजकुमार देवकोटा ले ३ हजार ३३७ मत प्राप्त गरेका छन्।
सर्लाहीका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो अग्रता लिँदै गएपछि जिल्लाको चुनावी परिणामतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

