सुनसरी–१ मा हर्क साम्पाङको अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

spot_img

सुनसरी,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा हर्क साम्पाङ अग्रस्थानमा देखिएका छन्।

श्रम संस्कृती पार्टी का अध्यक्ष साम्पाङले जारी मतगणनामा ५ हजार ८९१ मत प्राप्त गर्दै अग्रता लिएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ ले ४ हजार ८०९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन्।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार सूर्य बहादुर भट्टराई ले १ हजार २९१ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टिकाराम लिम्बु ले ९६४ मत पाएका छन्।

नेपाली कांग्रेस का उम्मेदवार सुजेन्द्र तामाङ ले ८९८ मत प्राप्त गरेका छन्।सुनसरी–१ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय