बीरगन्ज,२४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाक्यले कुल २८ हजार ६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरेका छन्।
पर्सा–४ मा रहेका कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

