ओखलढुंगामा ५ मतले विजयी भए रास्वपाका विश्वराज पोखरेल

spot_img

काठमाडौं,२४ फागुन । ओखलढुंगाको एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी कुमार लुइँटेल ले १३ हजार ९४८ मत प्राप्त गरे। यससँगै पोखरेलले केवल ५ मतको अन्तरले विजय सुनिश्चित गरेका छन्। मतगणनाको सुरुवाती चरणमा पछि परेका पोखरेलले अन्तिम चरणमा मतान्तर उल्ट्याउँदै जित हात पारेका हुन्। अत्यन्त प्रतिस्पर्धात्मक बनेको यस निर्वाचनमा अन्तिम परिणाम निकै रोमाञ्चक बनेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय