धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

spot_img

काठमाडौँ,२४ फागुन । निर्वाचन आयोगले धनुषा–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगको पत्राचार अनुसार, सम्बन्धित निर्णय धनुषा जिल्ला निर्वाचन कार्यालयलाई पठाइएको छ।

आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिँदै भने, आयोगले फागुन १८ गते रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगका अनुसार उम्मेदवारको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएको थियो।

यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले, अदालतको आदेश नभएसम्म धनुषा–१ निर्वाचन क्षेत्रको मत परिणाम घोषणा नगर्न आयोगले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

शाखा अधिकृत अधिकारीका अनुसार, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले पत्र तामेल गरी आयोगलाई जानकारी दिन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ पत्र पठाइएको छ।

यस निर्णयसँगै धनुषा–१ को मत परिणाम हालसम्म रोकिएको छ र अदालतको आदेशको प्रतिक्षामा रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय